बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ : चित्रबहादुर केसी

होमल्याण्ड खबर

२०८० बैशाख ५ गते, मंगलवार १४:४३ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए । उनले सरकारको यो नीति पुनरावलोकन गर्न माग गरेका छन् । सांसद केसीले सुकुम्वासी र अव्यवस्थित बसोवासीको लागि दश वर्षसम्म जग्गा विक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने बताए ।

सांसद केसीले देशमा दर्जनौँ सुकुम्वासी आयोग बनेपनि सुकुम्वासीहरुको समस्या समाधान हुन नसकेको बताएका छन् ।