सन्दीपविरुद्धको मुद्दा न्यायाधीश दाहालको इजलासमा

होमल्याण्ड खबर

२०८० बैशाख ६ गते, बुधबार १२:१५ मा प्रकाशित

क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाई हुन लागेको हो । पेशी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा परेको छ ।

यसअघि चैत २६ न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश बरालको इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि उपस्थित हुन आदेश गरेको थियो ।

यस अघि जाहेरवालाको परीक्षण गर्ने चिकित्सकको नभई अर्कै चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेको बताइएको थियो ।