चीनको एक अस्पतालमा आगो लाग्दा २९ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० बैशाख ६ गते, बुधबार १४:०७ मा प्रकाशित

बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी   २९ जनाको मृत्यु भएको छ। बेइजिङको चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएको बेइजिङको फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले जनाएका छन्।

उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए। आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मंगलबार आगो सल्केको अनुमान गरिएको छ। मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ।