३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र जोगाउन सबै सचेत हुनुपर्ने बताएका छन्। १७ औँ लोकतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गरी उनल लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्ने बताएका हुन्।
सभापति देउवाले विज्ञप्तिमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिने ज्ञात–अज्ञात वीर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।


उनले लोकतन्त्र दिवसको अवसरमा वीर योद्धाको साहस, संकल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण सबैले गर्नुपर्ने बताए।