सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

होमल्याण्ड खबर

२०८० बैशाख ११ गते, सोमबार १२:५० मा प्रकाशित

 बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले सुनुवाइका लागि न्यायाधीश दीपक ढकालको इजलासमा मुद्दा तोकेको हो । सुनुवाइ बन्द इजलासमा हुनेछ ।

बलात्कार आरोप लागेपछि सन्दीपलाई गत असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै नेपाल क्रिकेट संघ क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि गत पुस २९ गते धरौटीमा रिहा भएका थिए ।

त्यसपछि क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा समावेश गरेको थियो ।