२०७२ सालकाे विनाशकारी भूकम्पकाे आठ वर्ष पूरा

होमल्याण्ड खबर

२०८० बैशाख १२ गते, मंगलवार १०:४४ मा प्रकाशित

आज २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे।

राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार साे भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।

भूकम्पमा ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए। सो भूकम्पबाट खलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए। कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन्।

तर, राज्यले भूकम्पपीडितकाे बासस्थानलाई खर्च गरेकाे बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुकाे अवस्था दयनीय छ ।