प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

होमल्याण्ड खबर

२०८० बैशाख १३ गते, बुधबार ११:२८ मा प्रकाशित

प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विशेष समितिमा रहने सांसदहरुको नामसहितको प्रस्तावमा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउनेछन् ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधनं) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कुरा कार्यसूचीमा उल्लेख छ।