बारा– २ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

होमल्याण्ड खबर

२०८० बैशाख १३ गते, बुधबार १३:१९ मा प्रकाशित

निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ जना उम्मेवदारको जमानत जफत गरेको छ ।
आइतबार भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउनेम्मे उदवारको जमानत जफत भएको हो । बारा २ बाट १० जना राजनीतिक दल र २४ जना स्वतन्त्रबाट गरी ३४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

आज बिहान सकिएको बारा निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन् । यस क्षेत्रबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले आफ्ना निकटम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई ५ हजार ८१ मतले पराजित गरे ।