२५ बैशाख २०८३, शुक्रबार
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी आइतबार नेपाल फर्किने भएका छन् । उनी आफ्नो स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्कन लागेका हुन् । उनी ३ महिनाअघिदेखि भारतमा उपचाररत छन् । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो ।
खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी घाइते भएका थिए भने उनकी आमा हरिकला भण्डारीको उपचारको क्रममा निधन भएको थियो ।

