औपचारिक बाहेक विदेश भ्रमण नगर्ने मन्त्री किरातीको घोषणा

होमल्याण्ड खबर

२०८० बैशाख १७ गते, आईतवार १२:१२ मा प्रकाशित

संकृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दुई देशबीचको औपचारिक भ्रमणबाहेक विदेश नजाने घोषणा गरेका छन्।

किरातीले मन्त्री बनेपछि विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भएको भन्दै आफू दुई देशको औपचारिक भ्रमणबाहेक अन्य देश नजाने बताएका हुन्।

‘यो काम गर्ने समय हो भ्रमण गर्ने होइन’ किरातीले फेसबुकमा लेखेका छन्,‘मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन? कहाँ गरेन?अनि भयो चाहिँ के?