मिटरब्याज पीडितको समस्या समाधान गर्न अध्यादेश जारी

होमल्याण्ड खबर

२०८० बैशाख २० गते, बुधबार १६:०३ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो । मिटरब्याज पीडितको एक समूहसँग गत चैत १७ गते गरेको सहमतिअनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको हो ।