नागरिकता विधेयकबारे छलफल गर्न राष्ट्रपतिले बोलाए कानुनविद्लाई

होमल्याण्ड खबर

२०८० बैशाख २४ गते, आईतवार १०:५९ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता सम्बन्धी विधेयकबारे चासो राख्दै छलफल थालेका छन्।

शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत के हुने भन्नेबारे चासो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन्।

यसका लागि राष्ट्रपतिले आइतबार दिउँसो शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएकाे जनाएको छ । छलफल दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ।

शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन्।