टोपबहादुर रायमाझीले आज प्रहरी सामु आत्मसमर्पण गर्ने

होमल्याण्ड खबर

२०८० बैशाख २७ गते, बुधबार १५:४२ मा प्रकाशित

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा प्राप्त भएको हो ।

रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाएको स्रोतले बतायो ।

पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।

No description available.