९ मंसिर २०८१, आईतवार
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिग फुटबलमा इन्ग्लिश क्लबविरुद्ध आफ्नो जादुमय प्रदर्शनलाई कायम राख्न सफल भएका छन्
समूह चरण अन्तर्गत बुधबार राति टोटेनहमविरुद्ध दुई गोल गर्दै मेस्सीले आफ्नो जादुलाई कायम राखेका हुन् । उक्त खेलमा बार्सिलोनाले टोटेनहमलाई ४ – २ ले हराएको थियो ।
‘उनले हरेक खेलमा देखाउछन् कि उ मेस्सी हो । उनको यो औषत प्रदर्शन हो,’ मेस्सीको जादुमयी प्रदर्शनपछि टोटेहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले भनेका थिए ।
मेस्सीको सधै अर्का स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसंग तुलना हुन्छ । तर, इन्ग्लिश क्लबविरुद्ध मेस्सीको प्रदर्शन उच्च हुँदै आएको छ ।
मेस्सीले इन्ग्लिश क्लबविरुद्धको २८ खेलमा २२ गोल गरेका थिए । जसमा ६ गोलका लागि पास उपलब्ध गराएका छन् ।
च्याम्पियन्स लिगमा मेस्सीले इन्ग्लिश क्लब आर्सनलविरुद्ध सर्वाधिक गोल गरेका छन् । मेस्सीले आर्सनलविरुद्ध ६ खेल खेल्दै ९ गोल गरेका छन् । उनले एक गोलका लागि पास मिलाईदिएका छन् ।
त्यस्तै म्यान्चेस्टर सिटीविरुद्ध मेस्सीले ६ खेलमा ६ गोल गर्दा २ गोलका लागि पास उपलब्ध गराएका छन् ।
मेस्सीले चेल्सीविरुद्ध १० खेलमा ३ गोल गर्दा ३ पास उपलब्ध गराएका छन् । यस्तै म्यानचेस्टर युनाइटेडविरुद्ध ४ खेलमा २ गोल, टोटेनहमविरुद्ध १ खेलमा २ गोल गरेका छन् ।
मेस्सीले लिभरपुलविरुद्ध भने गोल गर्न सकेका छैनन् । लिभरपुलविरुद्ध मेस्सीले २ खेल खेल्दा गोल गर्न असफल भएका हुन् । एजेन्सी ।