रायमाझी काठमाडौं जिल्ला अदालतमा

होमल्याण्ड खबर

२०८० जेष्ठ १ गते, सोमबार ११:५८ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी पक्ररणमा ११ दिन पछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।

शनिवार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको हो ।

उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।