प्रतिनिधिसभाको कार्यसूचीमा एक बुदाँ थपियो, यस्तो छ नयाँ कार्यसूची

होमल्याण्ड खबर

२०८० जेष्ठ १ गते, सोमबार १३:२२ मा प्रकाशित

संघीय संसदकाे  प्रतिनिधिसभा बैठककाे आजको कार्यसूचीमा  एक बुदाँ थपिएकाे छ ।

संघीय संसद  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसूची भन्दा थप एक विषय थपेर नयाँ कार्यसूची सार्वजनिक गरिएको छ ।

जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ ।

प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेकाे छ । बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएकाे थियाे ।

यसअघि सार्वजनिक भएकाे कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख थियाे ।

जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए ।

बस्नेतको गत २०८० बैशाख २९ गते ७८ बर्षको उमेरमा निधन भएको थियो ।