२ चैत्र २०८२, सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जुनसुकै तह र तप्कामा जुनसुकै तरिकाबाट गरिएका भ्रष्टाचार अपराध भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा मन्त्री किरातीले लेखेका छन्, ‘जुनसुकै तह र तप्का, जुनसुकै तरिकाबाट गरिएका भ्रष्टाचार अपराध हो।’


मुलुकमा दण्डहिनताले अपराध मोलाएकाले अब छुट हुन नहुने मन्त्री किरातीले लेखेका छन् । भ्रष्टाचार रोक्न सबैको खबरदारी आवश्यक रहेको उनको ट्वीटमा उल्लेख छ ।
‘दण्डहिनताले अपराध मौलाएको अवस्था छ। अब छुट हुनुहुन्न। जनदवाव, निष्पक्ष अनुसन्धान र न्यायलयको निर्भिकता टुट्नु हुन्न,’ मन्त्री किरातीले ट्वीटमा लेखेका छन्, ‘यथास्थितिमा देश अघि बढ्न सक्दैन। सबैको खबरदारी आवश्यक छ।’