लमजुङ कारागारबाट भागेका दुवै कैदी पक्राउ

होमल्याण्ड खबर

२०८० जेष्ठ १९ गते, शुक्रबार १२:११ मा प्रकाशित

लमजुङ कारागारबाट रातारात फरार भएका दुवैजना कैदी पक्राउ परेका छन् ।

फरार मध्यका जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नगर पालिका–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहिबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्धामा पुर्पक्षका लागी कारागार चलान भएका थिए ।
दुबैलाई कानुन अनुसार थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए । कारगारमा हाल ८८ जना कैदिबन्दी छन् । जसमध्ये ६ जना महिला र ८२ जना पुरुष छन् ।