नागरिकता विधेयक प्रमाणीकारणविरुद्धको रिटमा आज सुनुवाइ

होमल्याण्ड खबर

२०८० जेष्ठ २१ गते, आईतवार १०:३१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । 

विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले शुक्रबार दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो । नयाँ संसद्मा विधेयक नलगी सरकार र राष्ट्रपतिको कार्यालयले असंवैधानिक कार्य गरेको रिटमा दाबी गरिएको छ । विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । 

रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत माग गरिएको छ । 

नयाँ संसद् स्थापित भइसकेको अवस्थामा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।