भारतमा सडक दुर्घटनामा परी एकैघरका ४ नेपालीको मृत्यु

होमल्याण्ड खबर

२०८० जेष्ठ २८ गते, आईतवार १२:१९ मा प्रकाशित

सवारी दुर्घटनामा परि भारतमा चार नेपालीको मृत्यु भएको छ।

भारत उत्तराखण्डको बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार मध्याह्न कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार जना नेपालीको मृत्यु भएको हो ।

उनीहरु एकैघरका हुन्। भारतको उधमसिंहनगर खातिमाको मुडेली क्षेत्र गोयल कोलोनीमा बस्दै आएका उनीहरु शनिबार बिहान आफन्त भेट्न कञ्चनपुर आएर फर्किँदै थिए।

दुईवटा स्कुटरमा सवार उनीहरुलाई पछाडिबाट आएको तीव्र गतीको कारले ठक्कर दिएको थियो। दुर्घटनामा तीन जनाको घटनास्थमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्।

दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइबुहारी कल्पनाको मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिएर चालक फरार भएको र खोजी जारी रहेको चकरपुर प्रहरी चौकीका इन्चार्ज प्रियांशु जोशीले बताएका छन् ।