शनिबार पनि बैंक खुला राख्न निर्देशन

होमल्याण्ड खबर

२०७५ आश्विन २५ गते, बिहीबार ११:०७ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुला राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले राजस्व बुझ्ने सबै बैंकका शाखाहरु असोज २७ गते शनिबारका दिन पनि खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्ने सबै बैंक वित्तीय संस्थाका शाखाहरु र नेपाल क्लिरिङ हाउस समेत विदाका दिन पनि नियमित झै खुला गर्न निर्देशन दिएको हो ।