दुई पानी उद्योगको उत्पादन बन्द

होमल्याण्ड खबर

२०७५ आश्विन २५ गते, बिहीबार १३:१८ मा प्रकाशित

मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ ।

बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन बन्द गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

यसैबीच गाईभैँसीको घिउमा वनस्पति घिउ मिसाएर बिक्री वितरण गर्दै आएका एक भारतीय नागरिकसहित तीन जनालाई आज यहाँ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका नेपाली नागरिक सुर्जिलाल यादव, बाबादिन आयर तथा एक जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नेपालगञ्ज–१९ सुर्जिगाउँस्थित अर्जुन यादवको घरबाट पक्राउ गरिएको होे । पक्राउ परेकाबाट प्रहरीले एक क्विन्टल ४७ किलो घिउ बरामद गरेको छ । बरामद घिउ परीक्षणका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जमा पठाइएको पनि प्रहरीले जनाएको छ ।