गाेरखामा जन्ती गाडी दुर्घटना हुदा ५ जनाकाे मृत्युु

होमल्याण्ड खबर

२०८० असार ८ गते, शुक्रबार ०७:४१ मा प्रकाशित

गोरखाको शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन्।

दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरी डाँडा जाँदै गरेको प्रदेश ३-०१-०२३ च २४२७ नंबरको बोलेरो जिप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

सडकबाट करिब दुईसय मिटर तल खसेर जिप दुर्घटना भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिए।

आफू भर्खर घटनास्थल पुगेको र मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको उनले बताए।

‘मृत्यु हुनेमा चार पुरुष र एक महिला हुनुहुन्छ। उहाँहरूको पहिचान हुन बाँकी छ। घटनास्थल एकदमै अफ्ट्याारोमा भएकाले खोजीकार्यमा समस्या भइरहेको छ,’ डीएसपी लामिछानेले भने।