२५ बैशाख २०८३, शुक्रबार
काठमाडौंको भोटेबहालमा इनारमा डुबेर झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङको मृत्यु भएको छ।
आज बिहान साढे ८ बजे लिम्बू र गुरुङको शव इनारमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी सीताराम रिजालले जानकारी दिए।


एसएसपी रिजालले नजिकैको घरमा रङ लगाउन पुगेका उनीहरू पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि निकाल्न पसेका थिए ।
पहिला इनारमा पसेका दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसएसपी रिजालले जानकारी दिए।
उनीहरूसँगै रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
एसएसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ।