१९ बैशाख २०८३, शनिबार
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।
बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको समाजवादीकाे संघीय संसदीय दलको बैठकले बजेटकाे पक्षमा मतदान गर्ने निर्णय गरेको हो।


बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए।