भारतबाट बढेर आयो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य

होमल्याण्ड खबर

२०८० असार १७ गते, आईतवार १४:०९ मा प्रकाशित

 भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएकाे छ ।

आईओसीले आईतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।

आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको छ । मट्टीतेल ५ पैसाले बढेको छ ।

यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको छ । यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ ।

यो बढेको मूल्यलाई आधार मान्दा निगमले आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा गर्नेछ ।