ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउन महानगरकाे निर्देशन

होमल्याण्ड खबर

२०८० असार १८ गते, सोमबार ११:१० मा प्रकाशित

काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा कुनै भौतिक संरचना नबनाउन निर्देशन दिएको छ ।

सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो ।

महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।