२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक दुई घन्टा पछि सारेका छन्।
आज दिउँसो १ बजेको लागि तय भएको बैठक अब ३ बजे बस्ने गरी बैठक सारेका हुन्।


सभामुख देवराज घिमिरेको प्रेस संयोजक शेखर अधिकारीका अनुसार प्रधानमन्त्री दाहालले सभामुखलाई फोन गरी बैठक सार्न आग्रह गरेका थिए।
सिंहदरबारमा प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग सदनको अवरोध हटाउन छलफल जारी रहेकाे छ।
एमालेले आजको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेकाे छ भने आजै बस्ने प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गर्ने बताइसकेको थियाे।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।