आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक भोलिलाई सारियो

होमल्याण्ड खबर

२०८० असार २४ गते, आईतवार १५:०३ मा प्रकाशित

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सोमबारका लागि सारिएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए ।

तर, महासचिव डा. गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्ने गरी आइतबारको बैठक सारिएको उल्लेख छ ।