८ मंसिर २०८१, शनिबार
एनआईसी एसिया बैंकको २ नयाँ शाखा कार्यालयहरू नेपाल गञ्जउप–महानगरपालिका–८ स्थित त्रिभुवनचोक शाखाको एनआईसी एसिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका–६ स्थित सम्झनाचोक शाखाको नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक विमलराज खनालबाट बुधबारे भव्य समारोहकाबीच उद्घाटन सम्पन्न भयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६१ शाखा कार्यालय, २ सय ५३ एटीएम, २५ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार १९९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६४ अर्ब तथा कर्जा १३८ अर्ब रुपैयाँभन्दा पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।