२६ फाल्गुन २०८२, मंगलवार
नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।


चाँदीको भाउ सोमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।