कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्म स्थगित

होमल्याण्ड खबर

२०८० असार २७ गते, बुधबार ११:२२ मा प्रकाशित

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।  केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्नेछ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज विहान नर्भिक अस्पतालमा निधन भएको छ।