गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० असार २८ गते, बिहीबार १०:५३ मा प्रकाशित

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ।

चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन्। उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो ।