सिभिल बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ आश्विन २८ गते, आईतवार १४:५२ मा प्रकाशित

नेसनल बैंकिङ इन्स्टिच्युट र सिभिल बैंकबीच बिहीबार तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने जनाएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ ।