गण्डकी विकास बैंकको लहान शाखाको औपचारिक उद्घाटन

होमल्याण्ड खबर

२०७५ आश्विन २८ गते, आईतवार १७:०३ मा प्रकाशित

गण्डकी विकास बैंकको सिराहा जिल्लास्थित लहान शाखाको औपचारिक उद्घाटन लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले गरे ।

सो अवसरमा नगर प्रमुखले गण्डकी विकास बैंकलाई लहानमा स्वागत गर्न पाउँदा खुसी लागेको र यहाँका जनताले सरल र सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने बताए । स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए । गण्डकी विकास बैंकका अध्यक्ष सुशील गौचनले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा बैंकका शाखालाई गाउँ–गाउँमा पुर्याउँदै वित्तीय पहँुच पुर्याउने जानकारी गराए ।