आजदेखि लागू हुनेगरि सार्वजनिक यातायातमा नयाँ भाडादर कायम

होमल्याण्ड खबर

२०८० श्रावण १ गते, सोमबार १३:१४ मा प्रकाशित

पेट्रोलियम पदार्थमा आजदेखि स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले आजदेखि नै लागु हुनेगरि भाडा घटाएको हो।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २।१३ प्रतिशत, मालवाहक पहाडमा २।७८ र तराईमा ३।०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

घटाएको भाडा दर आजदेखि नै लागु हुने बताइएको छ ।