१२ मंसिर २०८१, बुधबार
बडादशै अन्तर्गत नवरात्रको छैटौं दिन सोमबार घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
बडादशैंमा घटस्थापनादेखि नवमीसम्म हरेक दिन एक एक शक्तिमाताको विशेष पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गरिन्छ ।
देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीडसमेत लागेको छ ।