अक्सिजन अभावले मलेसियामै राेकियाे निगमको जहाज, १ सय ५२ यात्रु अलपत्र

होमल्याण्ड खबर

२०८० श्रावण २ गते, मंगलवार ११:२० मा प्रकाशित

 अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा राेकिएकाे छ।

६ घण्टादेखि जहाज राेकिदा भैरहवा आउन लागेका १ सय ५२ यात्रु विमानस्थलमै छन्।

ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको निगमले विज्ञप्ती मार्फत् जनाएको छ।  निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की (नेपाली नाम सगरमाथा) भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर मलेसिया उडाएको थियो।

विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौंमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो।

यो विमान मलेसियाबाट भैरहवा हुँदै बिहान ९ बजेर ३५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका थियो। तर, समयमै काठमाडौं नफर्किएका कारण जहाजकाे दिउँसो बैंगलुरुको उडान समेत प्रभावित भएको छ ।