राजधानीमै बाबुद्वारा छोरी बलात्कृत

होमल्याण्ड खबर

२०८० श्रावण २ गते, मंगलवार ११:५२ मा प्रकाशित

काठमाडौंको बालाजुमा एक बाबुद्वारा छोरी बलात्कार भएकाे घटना सार्वजनिक भएकाे छ।

छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका बाबुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता समेत भएको छ।

बाबुविरुद्ध हाडनाता करणीमा मुद्दामा दर्ता भएको हो। उनले आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

श्रीमान–श्रीमती छ्ट्टा छुट्टै बस्दै आएकोमा उनीहरुका एक छोरा र एक छोरी बाबुसँग बस्दै आएका थिए। आफूसँगै बस्दै आएकी १३ वर्षीया छोरीलाई बाबुले घरमै बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।