९ मंसिर २०८१, आईतवार
जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका हुन ।
१६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ सालमा गएको भूकम्पले धेरै स्थानमा क्षति पुगेको छ । काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।
कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए र यसलाई पूरा गर्न २० वर्ष लागेको बताए । भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति र्पुयाएको र त्यसको पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।