ललिता निवास प्रकरण : सञ्चार सचिव राउतसहितकाे रिटमा फैसला आउँदै

होमल्याण्ड खबर

२०८० श्रावण ५ गते, शुक्रबार ११:०७ मा प्रकाशित

ललिता निवास प्रकरणका पक्राउ परेका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले बिहिवार सुनुवाइ सकेसँगै आज  फैसला सुनाइने भएको हो।।

बहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

साउन १ गतेदेखि नियमित सुनुवाइ भइरहेको उक्त बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश खारेजीको रिटमाथि दुवै पक्षको बहस सकिएको छ।