२४ बैशाख २०८३, बिहीबार
दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।
उपचारका लागि प्युठानबाट दाङ आएकी वृद्धालाई गए राति करिब साढे १२ बजे पार्किङ गरिएको ना। ४ ख ७८४८ नम्बरको बसमा गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।


बलात्कारमा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका १५ का पुष्कर रोका र सल्यानको कुमाख गाँउपालिका ७ का रेसम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको डीएसपी मल्लले बताए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।