प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस

होमल्याण्ड खबर

२०८० श्रावण ७ गते, आईतवार ११:१९ मा प्रकाशित

नेपाल प्रहरीका ६४ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टर बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ छन्। दोस्रो नम्बरमा लोकराज पाठक र तेस्रो नम्बरमा किरण घिमिरे छन्।