८ मंसिर २०८१, शनिबार
निर्माण व्यावसायीका तत्कालिन अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले हत्यामा संलग्नहरुको सार्वजनिक गरिसकेको छ । कतिपय निर्माण व्यवसायी यो शोकका समयमा सकस बेहोर्नु परेको महशुस गरिरहेका छन् । प्रहरीको अनुसन्धान कार्यमा सहयोग गरेका व्यावसायीलाई नै केही सञ्चार माध्यमले अपूर्ण र अनर्थ लाग्ने गरी समाचार संप्रेषण गरेका कारण गौचन परिवार तथा शुभचिन्तकहरु चिन्तित भएका छन् ।
होमल्याण्डसँग कुराकानीका क्रममा निर्माण व्यवसायी महासंघका केन्द्रिय महासचिव रामशरण देउजाले व्यावसायी माथि हुने हत्या, आक्रमण, चन्दा–आतंकको घोर विरोध गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी, निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य एवम् गजुरमुखी निर्माण कम्पनीका अध्यक्ष दिपक गौतमले यो शोक र संकटको अवस्थामा संयमित ढंगबाट प्रस्तुत हुन सबैलाई आग्रह गरेका छन् ।
गौचन हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजनिक गरिसकेको छ । हत्याका मुख्य योजनाकार समिरमान बस्नेतको पहिचान भैसकेको र पक्राउका लागि प्रहरी प्रशासन सक्रिय रहेको प्रहरी श्रोतले जनाएको छ । यो अवस्थामा गजुरमुखी निर्माण कम्पनी लगायत निर्माणमा संलग्न व्यवसायीहरुको नाम अपूर्ण र अनर्थ लाग्ने गरी जोडिन आएकोमा निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य एवम् गजुरमुखी निर्माण कम्पनीका अध्यक्ष दिपक गौतमले आपत्ति तथा घोर बिरोध जनाएका छन् ।
आफ्नो पिताले स्थापना तथा सञ्चालन गरेको कम्पनीलाई नै निरन्तरता दिदै आएको जनाउँदै अध्यक्ष दिपक गौतमले हाल कम्पनीमा स्वामित्व नै नभएका व्याक्तिहरुको नामसँग आफूलाई जोड्न नहुने आग्रह गरेका छन् ।
वि. स.२०४१ सालमा स्व. राम प्रसाद गौतमको प्रोप्राइटरसीपमा दर्ता गरेको कम्पनी हो । २०५५ सालमा उद्योग विभागबाट प्रा. लि.को रुपमा दर्ता गरी उहाँका छोरा दिपक गौतमले यस कम्पनी सञ्चालन गदै आएका छन् । २०६८ सालमा चर्चित काँग्रेस नेता अर्जुन नरसिंह के.सी.का भाइबुहारी ज्योति खड्का के.सी. अर्थात जगदिश नरसिंह के.सी.का श्रीमतिको ५प्रतिशत शेयर होल्डरको रुपमा कम्पनीमा प्रवेश गरेका थिए । तर के.सी. परिवारले २०७३ जेठ पछि स्वामित्व नरहने गरी कम्पनीबाट शेयर बिक्री गरिएको थियो।
स्नातक तहको अध्ययन पस्चात व्यावसायमा लागेका दिपक २०५१ सालबाट नै बुबाको कम्पनीमा सक्रिय भएका थिए । स्मरणीय छ, नेपालमा रेलवे विकासको सन्दर्भमा बिशेष अनुभव भएका थोरै निर्माण व्यवसायीहरु मध्ये दिपक पनि एक हुन् । नेपालका गौरबशाली आयोजना निर्माणमा सक्रिय दिपक विदेशमा पनि आफ्नो निमार्ण कार्यलाई अगाडी बढाइरहेका छन् ।
चर्चित काँग्रेस नेता अर्जुन नरसिंह के.सी.का भाइबुहारी ज्योति खड्का के.सी. अर्थात जगदिश नरसिंह के.सी.का श्रीमतिको ५ प्रतिशत शेयर किनेर कम्पनीमा प्रवेश गरे पछि उनको सहयोगीका रुपमा कुमार घैंटेले यस निर्माण सेवा मार्फत आफ्नो कारोबार बढाउन थालेका थिए । घैंटेले गजुरमुखी कै ब्यानरमा विभिन्न ठेक्का पारी निर्माण क्षेत्रमा जर्बजस्त उपस्थिति देखाए । प्रहरी कारवाहीको क्रममा घैंटे मारिए पछि के.सी.ले आफ्नो नामको शेयर बिक्री गरेको थिए । २०७३ जेठ पछि स्वामित्व नरहने गरी कम्पनीबाट शेयर बिक्री गरेपश्चात घैंटेको सम्बन्ध गजुरमुखीसँग समाप्त भैसकेको गौतमले बताए ।
गौतम थर भएका मकवापुरबासी सन्तोष २०६१÷६२ देखि नै निर्माण व्यवसाय पेशामा आवद्ध भई हालसम्म पनि गजुरीमुखी निर्माण कम्पनीको सञ्चालकका रुपमा कार्यरत छन् ।
प्रहरीको सोधपुछकार्यमा सहयोग गरेका सन्तोष गौतमबारे अनर्थ हुने गरी समाचार संप्रेषण भएको भन्दै दिपकले स्पष्ट हुन आग्रह गरेका छन् । गौचन हत्या प्रकरणमा प्रहरीले सन्तोष गौतमलाई शंकाको घेरामा राखी अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीका अनुसन्धान पश्चात उक्त घटनामा सन्तोषको संलग्नता नरहेको प्रहरीले पुष्टि गरिसकेको छ ।
होमल्याण्डसँगको कुराकानीमा सन्तोषले अनुसन्धानको क्रममा प्रहरीलाई सहयोग गरेको बताए । साथै उनले निर्माण व्यवसायीलाई यस्ता गतिविधिले आधात पु¥याएको बताए । सन्तोषका साथै यस कम्पनीमा भूपु मन्त्री तथा निवर्तमान सांसद नरेन्द्रविक्रम नेम्वाङका छोरा पंकज नेम्वाङ पनि संलग्न छन् । २० वर्षदेखि निर्माण व्यवसायमा संलग्न डम्वर ब. खड्का पनि यस कम्पनीका साझेदार मध्ये एक हुन् । हाल खड्का नेपाली काग्रेस, इलाम क्षेत्र नं. २ ‘क’ का उमेद्ववार बनेका छन् ।
यसैगरी, इलाम निवासी विप्लप कोइराला तथा ताप्लेजुङ घर भई हाल इलाममै बसोबास गर्ने प्रकासमान कडरीया पनि यस कम्पनीका साझेदार हुन् । कडरीया विगत २५ वर्षदेखि निर्माण व्यवसायमा संलग्न रहेका छन् । यो अवस्थामा गजुरमुखी निर्माण कम्पनीलगायत निर्माणमा संलग्न व्यवसायीहरुको नाम अपूर्ण र अनर्थ लाग्ने गरी जोडिन आएकोमा निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य एवम् गजुरमुखी निर्माण कम्पनीका अध्यक्ष दिपक गौतमले आपत्ति जनाएका छन् ।
यसैगरी, होमल्याण्डसँग कुरा गर्दै निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य नारायण कुमार श्रेष्ठले हत्या, आक्रमण, चन्दा–आतंकले व्यावसायीहरु निराश भएको बताउँदै यस्ता घटनाले देशको विकास निर्माण मै असर पर्ने बताए । साथै प्रहरी अनुसन्धान ब्यूरोका डिआइजी गणेश के. सी.ले व्यावसायीहरुलाई दुःख दिने नियत नभएको भन्दै अनुसन्धान कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्याक्त गरेका छन् ।