१ चैत्र २०८२, आईतवार
राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबुल भएको छ।
बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबुल भएको हो ।


राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले उक्त विधेयक टेबुल गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।
सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।