सप्तरीमा एक युवक मृत फेला अर्का घाइते

होमल्याण्ड खबर

२०८० श्रावण १२ गते, शुक्रबार १२:१९ मा प्रकाशित

सप्तरीमा एक युवकको शव भेटिएको छ । अर्का एक गम्भीर घाइते भएको अवस्थामा भेटिएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज शुक्रवार बिहान घर नजिकै हिलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहका अनुसार मण्डलको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । स्थानीयवासीले बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार घाइते अवस्थामा भेटिएका अजय मण्डलको राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।