१ चैत्र २०८२, आईतवार
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ।


यसअघि शनिबार बसेको बैठमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।
केही दिन अघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर आज अन्तिम रुप दिन लागिएको बताइएको छ।