१ चैत्र २०८२, आईतवार
संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।
सोहीअनुसार छलफल गर्न दिउँसो १२ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ।


यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गरेका छन् ।
सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराए ।
सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ सभामुखले नेताहरूलाई स्मरण गराए ।
अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग समेत पटक पटक छलफल गरेका थिए ।
लगातार दुई वटा वैठक एमालेको अवरोधका कारण अघि बढ्न सकेनन् ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान कायमै राखेकाे छ।