श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण १७ गते, बुधबार १६:०६ मा प्रकाशित

तनहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा ब्यास नगरपालिका–५, मानुङकोटस्थित पीखरीगैरा बस्ने ५६ वर्षीय श्रीप्रसाद आलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

आलेले श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।