अग्नि सापकोटालाई प्रचार विभागको जिम्मेवारी

होमल्याण्ड खबर

२०८० श्रावण २१ गते, आईतवार १४:५५ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी रहेको केन्द्रीय समिति बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई नयाँ जिम्मेवारीको प्रस्ताव गरेका थिए ।

प्रस्तावित जिम्मेवारी अनुसार पार्टीको प्रचार विभाग प्रमुखको जिम्मा अग्नी सापकोटालाई दिने तयारी रहेको छ । पूर्व सभामुख सापकोटा अहिले माओवादी केन्द्रको उपाध्यक्ष छन् ।